मापदण्ड निर्धारण तथा प्रविधि परीक्षण शाखा

मापदण्ड निर्धारण तथा प्रविधि परीक्षण शाखाको कार्यविवरण देहाय बमोजिम रहेको छः

  • स्थानीय पूर्वाधार विकास तथा व्यवस्थापन सम्वन्धी विभिन्न किसिमका अनुसन्धानात्मक कार्यहरुको लागि आवश्यक नीति तय गर्न सहयोग गर्ने,
  • स्थानीयस्तरमा उपयुक्त प्रविधि परीक्षण एवं प्रवर्धनका लागि अनुसन्धान गर्न स्थानीय निकायसँग समन्वय गरी कार्यक्रम संचालन गर्ने, गराउने,
  • स्थानीय पूर्वाधार विकास तथा व्यवस्थापन सम्बन्धी आवश्यक पर्ने डिजाइन कोड, स्पेसिफिकेशन, डिजाइन स्ट्याण्डर्ड, दर विश्लेषण, नम्र्स, निर्माण निर्देशिका आदिको परिमार्जन सम्बन्धी कार्य गर्ने,
  • स्थानीय पूर्वाधार विकास सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक तथा अनुसन्धानमूलक संस्थाहरुसँग समन्वय गर्ने सम्बन्धी कार्य गर्ने,
  • स्थानीय श्रोत र साधनमा आधारित तथा उपयुक्त नवीनतम प्रविधिहरुको परीक्षण, परिचालन तथा विकासको लागि आवश्यक नीतिहरुको निर्माण, परिमार्जन तथा संशोधन सम्बन्धी कार्यहरुमा सहयोग गर्ने,
  • गुणस्तर परीक्षण एवं गुणस्तरयुक्त निर्माण तथा मर्मत संभार गर्नका लागि आवश्यक कार्यक्रम तर्जुमा सम्बन्धी कार्य गर्ने,
  • शाखाको सवारी साधन, कम्प्यूटर, कम्प्यूटर नेटवर्किङ्ग, फ्याक्स, फोटोकपी मेशिन, टेलिफोन आदिको मर्मत संभार गर्ने, गराउने,
  • शाखाको सवारी साधन लगायत अन्य मालसामानहरुको एवं वस्तुगत सहायताका रुपमा प्राप्त सामानहरुको लगत अद्यावधिक राख्ने, राख्न लगाउने,
  • शाखाको दैनिक कार्य संचालनको लागि आवश्यक सामग्रीहरु आपूर्ति व्यवस्था मिलाउने,
  • आफ्नो शाखा अन्तरगतका अभिलेखहरु व्यवस्थित गर्ने गराउने र
  • मन्त्रालय सम्बन्धित शाखाले सम्पादन गर्ने गरी तोकिएका कार्यविवरण अनुसार कार्यहरु गर्ने ।