लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखा

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखाको कार्य विवरण देहाय बमोजिम रहेको छः

  • संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अरु विषयगत मन्त्रालय र स्थानीय निकायहरुको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी नीति निर्माण गर्न सहयोग गर्ने,
  • संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सबै मन्त्रालय विभागहरुसँग समन्वय गरी कार्यक्रम, बजेट (अनुगमन मूल्यांकन, योजना तर्जुमा, प्रकाशनहरु) लाई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी बनाउने,
  • संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय,सँग सम्बन्धित लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रमहरुको कार्यान्वयन, कार्यान्वयन सहयोग र समन्वय गर्ने,
  • केन्द्र तथा जिल्लास्तरीय समिति (लैङ्गिक मूलप्रवाहीकरण, आदिवासी जनजाति र दलित उत्थान) हरुको संस्थागत विकास तथा GE and SI मा क्षमता अभिवृद्धि गर्ने,
  • सरकारी तथा गैरसरकारी संघसंस्था र नागरिक समाजमा GE and SI लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सहयोग पुर्याउने,
  • संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय निकायहरुलाई GE and SI उत्तरदायी निर्देशिकाहरु, तालिम निर्देशिकाहरु विकास गर्न सहयोग पुर्याउने,
  • सिकाइहरुको कार्यपत्र तयार गरी भइरहेको संरचनामा GE and SI समायोजित गर्न वकालत गर्न सहयोग पुर्याउने,
  • GE and SI मूलप्रवाहीकरणको लागि प्रकृया, निर्देशिका, System Mechanism, नीति र सूचकहरुलाई संस्थागत गर्न सहयोग गर्ने,
  • संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र मातहतका विकास कार्यक्रम तथा स्थानीय निकायहरुको जेण्डर र सामाजिक समावेशीकरणहरुको लेखाजोखा र लेखापरीक्षण गर्ने गराउने,
  • GESI लाई केन्द्रदेखि स्थानीय स्तरसम्म संस्थागत विकास गर्न सहयोग पु¥याउने,
  • GESI सँग सम्बन्धित सरकारले अन्तर्राष्ट्रियरुपमा गरेका प्रतिबद्धताहरू लागु गराउन प्रोत्साहन र सहयोग पु¥याउने,
  • GESI सम्बन्धी जिल्लामा मानव संसाधन विकास, संस्थागत विकास र योजना प्रक्रियामा सहयोग पु¥याउने,
  • विषयगत निकायहरुसँग GE and SI लाई मूलप्रवाहीकरण गर्ने क्षमता अभिवृद्धिको लागि सहकार्यको क्षेत्रहरु पत्ता    लगाउने र उनीहरुको कार्यक्रमलाई लैङ्गिक समतामुखी तथा समावेशी बनाउन सहजीकरण गर्ने,
  • स्थानीय निकायहरुको GE and SI संग सम्बन्धित क्रियाकलापहरुको अनुगमन मूल्यांकन गर्ने र नीतिनिर्माणमा पृष्ठपोषण गर्ने,
  • लैंगिक समता र सामाजिक समावेशीकरण सम्बन्धी विभिन्न आयोग, प्रतिष्ठान, समिति र निकायहरुको सम्पर्क शाखाको रुपमा काम गर्ने,
  • लैङ्गिक उत्तरदायी बजेटको सम्पर्क शाखाको रुपमा काम गर्ने र
  • विभिन्न दातृ निकाय, गैसस तथा नागरिक समाजका लैंगिक समता तथा सामाजिक समावेशीकणको सम्पर्क पदाधिकारीहरुको सन्जाल स्थापना गरी यससंग सम्बन्धित कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकन गर्ने ।