सामान्य प्रशासन महाशाखा

यस महाशाखा अन्तर्गत तीनवटा शाखाहरु रहेका छन् । महाशाखाको कार्य विवरण देहाय बमोजिम रहेको छः

  • मन्त्रालय र अन्तर्गत कार्यालयहरूको संगठनात्मक स्वरुप (दरवन्दी श्रृजना खारेज) सम्बन्धी कार्य,
  • कर्मचारी प्रशासन सम्बन्धी कार्य,
  • जनशक्ति विकास सम्बन्धी कार्य,
  • मन्त्रालय र अन्तर्गत कार्यालयहरूको व्यवस्थापन निरीक्षणसम्बन्धी कार्य,
  • मन्त्रालयको वार्षिक बजेट तर्जुमा (साधारण) एवं बजेट प्रशासनसम्बन्धी,
  • लेखापरीक्षण एवं बेरुजु फछ्र्यौट सम्बन्धी कार्य,
  • मन्त्रालयको आन्तरिक सुरक्षा एवं आन्तरिक व्यवस्थापन सम्बन्धी कार्य,
  • वस्तुगत सहायताको परिचालन, व्यवस्थापन एवं अनुगमनसम्बन्धी कार्य,
  • मन्त्रालय र अन्तर्गतका सामग्रीहरूको खरिद, भण्डारण र व्यवस्थापनसम्बन्धी कार्य,
  • कर्मचारी बैठकसम्बन्धी कार्यहरू,
  • अन्तरमहाशाखा-विभाग र शाखा बीच समन्वय प्रणाली स्थापनासम्बन्धी कार्यहरू,
  • महाशाखा अन्तर्गतका कार्यहरूको निर्णयसार बनाउने, संग्रह गर्ने सम्बन्धी कार्य,
  • महाशाखा अन्तर्गतका पुराना कागजपत्र धुल्याउने सम्बन्धी कार्य,
  • मन्त्रालय र मातहतका सबै निकायहरूको आर्थिक, प्रशासनिक तथा भौतिक स्थितिको व्यवस्थापकीय पक्षहरूको निरीक्षण र कार्यवाही सम्बन्धी कार्य र
  • स्थानीय निकायका कर्मचारीहरुको अभिलेख व्यवस्थापन सम्बन्धी कार्य ।

सामान्य प्रशासन महाशाखा अन्तर्गतका शाखाहरुको कार्य विवरण देहाय बमोजिम रहेको छः

१. कर्मचारी प्रशासन तथा आन्तरिक व्यवस्थापन शाखा

  • मन्त्रालय र अन्तर्गत कार्यालयहरूमा कर्मचारीहरूको नियुक्ति, पदस्थापना, सरुवा, बढुवा र अनिवार्य अवकाश सम्बन्धी,
  • मन्त्रालय र अन्तर्गतका कर्मचारीहरूलाई दिइने पुरस्कार एवं विभागीय सजाय सम्बन्धी,
  • कर्मचारीको सुविधा सम्बन्धी (निवृत्तिभरण, उपदान, औषधिउपचार, संचयकोष आदि),
  • मन्त्रालय र अन्तर्गतका कर्मचारीहरूको कार्यविवरण, त्रैमासिक एवं वार्षिक कार्यसम्पादन मूल्यांङ्कन सम्बन्धी,
  • मन्त्रालय र अन्तर्गत निकायको संगठनात्मक स्वरुप सम्बन्धी,
  • मन्त्रालय र अन्तर्गत निकायको लागि आवश्यक जनशक्ति व्यवस्था सम्बन्धी,
  • कर्मचारीहरूको विवरण तथा अभिलेख अद्यावधिक गर्ने सम्बन्धी,
  • मातहतका कार्यालयहरूको व्यवस्थापकीय निरीक्षण एवं निर्देशन दिने सम्बन्धी,
  • प्रशासनिक तथा आर्थिक अनियमितता छानविन एवं दण्ड र पुरस्कार सम्बन्धी कार्य,
  • अधिकार प्रत्यायोजन सम्बन्धी कार्यहरू,
  • सार्वजनिक खरिद ऐन, २०६३ र तत्सम्वन्धी नियमावली अनुसार सार्वजनिक खरिद सम्बन्धी कार्य,
  • सार्वजनिक खरिद इकाईको रुपमा कार्य गर्ने,
  • बोलपत्र मूल्यांकन समितिको सचिवालयको रुपमा कार्य गर्ने,
  • जिन्सी निरीक्षण र व्यवस्थापन सम्बन्धी कार्यहरू,
  • मन्त्रालयको भौतिक सम्पत्तिको सुरक्षा एवं मर्मतसंभार, लिलाम, मिन्हा र सरसफाइ कायम राख्ने सम्बन्धी कार्य,
  • मन्त्रालयका विद्युतीय उपकरणहरु तथा गाडीहरुको सुरक्षा, मर्मत एवं व्यवस्थापन सम्बन्धी,
  • मेशीन, उपकरण सार्वजनिक खरिद गर्दा अपनाउनु पर्ने मापदण्ड र नम्स निर्धारण सम्बन्धी,
  • जग्गा तथा अन्य अचल सम्पत्तिको सुरक्षा सम्बन्धी कार्यहरू,
  • मन्त्रालयका सम्पूर्ण सम्पत्तिको सुरक्षा तथा प्रवर्र्धन कार्य,
  • सार्वजनिक खरिद सम्बन्धी सम्पर्क शाखाको रुपमा कार्य गर्ने,
  • मन्त्रालयको भण्डार संचालन कार्य,
  • मन्त्रालयको मूलदर्ता चलानी तथा जनसम्पर्क तथा रिसेप्सनसम्बन्धी कार्य,
  • अन्य शाखामा नतोकिएका भैपरी आउने कार्यहरु,
  • मन्त्रालयमा मासिक बैठक आयोजना गर्ने,
  • मन्त्रालयमा आउने विदेशी अतिथिहरुलाई शिष्टाचार कायम गर्ने,
  • सार्वजनिक खरिद कार्यको अनुगमन र मूल्यांकन गर्ने,
  • रिक्त पदको पदपूर्तिको लागि माग आकृति पठाउने कार्य,
  • संकलित पाठ्यसामग्रीहरुको वर्र्गीकरण, सूचीकरण लगायतका प्राविधिक कार्य गर्ने । वर्र्गीकरण, सूचीकरण भएका सामग्रीहरुको सामयिक–ग्रन्थसूची तयार गरी प्रकाशन गर्न व्यवस्था मिलाउने,
  • पाठकहरुले खोजेको पुस्तक, पत्र–पत्रिका आदि Computer Software मा Data Entry  गर्न लगाउने, मन्त्रालयले बनाएको डाटावेशमा सामग्रीहरु (Online Public Access Catalogue -OPAC) प्रयोग गरी सेवा दिने व्यवस्था मिलाउने,
  • पुस्तक तथा पत्र–पत्रिकाहरुको संरक्षण सम्बर्धन गरी यथास्थितिमा राख्न लगाउने,
  • दुर्लभ र उपयोगी पुस्तकहरुलाई सुरक्षित गर्ने व्यवस्था मिलाउने,
  • इन्टरनेटको माध्यमद्वारा पाठकहरुलाई सूचनाहरु उपलव्ध गराउने र
  • स्थानीय निकायको घर, जग्गा तथा सम्पत्तिको संरक्षण, कारोबार र अभिलेख तथा यसको विवाद र हकभोग स्वामित्व हस्तान्तरण सम्बन्धी कार्यहरु ।

२. जनशक्ति विकास तथा स्थानीय निकाय कर्मचारी अभिलेख शाखा

  • मन्त्रालय र अन्तर्गतका निकायहरु तथा स्थानीय निकायहरुको क्षमता विकास सम्बन्धी,
  • स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सम्पर्क शाखाको रुपमा कार्य गर्ने,
  • स्वदेश तथा विदेशमा संचालन हुने तालिम, गोष्ठी र अध्ययनका लागि प्रारम्भिक प्रकृया अगाडि बढाउने,
  • मन्त्रालय र अन्तर्गतका निकायहरु तथा स्थानीय निकायहरुको क्षमता विकास सम्बन्धी उपयुक्त रणनीति तर्जुमा गर्ने,
  • स्थानीय स्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गतका क्षमता विकासका क्रियाकलाप संचालन र सहजीकरण सम्बन्धी,
  • मन्त्रालयको कामसँग सम्बद्ध विदेशी नागरिक एवं स्वयंसेवकहरुलाई भिषाको लागि सिफारिश गर्ने,
  • संयुक्त राष्ट्र संघका स्वयंसेवकहरुको सम्पर्क शाखाको रुपमा कार्य गर्ने,
  • मानव श्रोत विकास र क्षमता विकास सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको सम्पर्क शाखाको रुपमा कार्य गर्ने,
  • मानव श्रोत व्यवस्थापन सम्बन्धी क्रियाकलापको अनुगमन र मूल्याकंन,
  • मन्त्रालय र अन्तर्गतका कर्मचारीहरु स्वदेशी तथा विदेशी अध्ययन तालिममा जान मनोनयन, पूर्वस्वीकृति तथा विदा सम्बन्धी कार्य गर्ने,
  • वैदेशिक बैठक, भ्रमण, अध्ययन अनुसन्धान सम्पन्न भइसके पछि सम्बन्धित महाशाखा प्रमुख समक्ष प्रतिवेदन गर्ने गराउने कार्य गर्ने,
  • कर्मचारीहरुको मन्त्रालयमा हुने शुरू सेवा प्रवेश अभिमुखीकरण तथा सेवाकालीन तालिम सम्बन्धी कार्य,
  • वैदेशिक तालिम, अध्ययन, भ्रमण, बैठकमा मनोनयन भएका कर्मचारी र पदाधिकारीहरुको पासपोर्ट भिषा सम्बन्धी कार्य,
  • स्थानीय निकायका कर्मचारीहरुको अभिलेख राख्ने कार्य,
  • स्थानीय निकायका कर्मचारीहरुको बढुवा, वृत्ति विकास, उपदान, दण्ड तथा पुरस्कारका लागि कर्मचारीहरुको व्यक्तिगत विवरण अद्यावधिक गर्ने,
  • स्थानीय निकायका कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने,
  • स्थानीय निकायका कर्मचारीका सम्पत्ति विवरण सम्बन्धी कार्य,
  • स्थानीय निकायको क्षमता विकास योजना निर्माणमा सहयोग र समन्वय र
  • स्थानीय निकायको संगठन विकास सम्बन्धी कार्यमा सहयोग र समन्वय

३. आर्थिक प्रशासन शाखा

  • स्थानीय निकायलाई पठाइने अनुदानको अख्तियारी सम्बन्धी कार्य,
  • अनुदान कार्यक्रमको आर्थिक पक्षको अनुगमन,
  • स्थानीय निकायको कानून बमोजिम लेखापरीक्षण भए-नभएको अनुगमन गरी सम्वेदनशील बेरुजु उपर मन्त्रालयको निर्देशन पठाउने,
  • स्थानीय निकायको आर्थिक प्रशासन नियमावलीमा उल्लेखित विषयमा स्पष्ट गर्ने,
  • स्थानीय निकायमा कार्यरत (आर्थिक प्रशासन सम्बन्धी) कर्मचारीको क्षमता अभिवृद्धि सम्बन्धी,
  • स्थानीय निकायको आर्थिक कार्यप्रणालीबारे अध्ययन र पुनरावलोकन सम्बन्धी कार्य,
  • मन्त्रालय अन्तर्गतका निकायलाई बजेट वितरण एवं खर्च गर्ने अख्तियारी सम्बन्धी कार्य गर्ने,
  • पेश्की र बेरुजुको लगत राख्ने, सम्परीक्षण गराउने एवं फछ्र्यौट गर्ने र अद्यावधिक गराउनेसम्बन्धी कार्य,
  • आयव्ययको आन्तरिक एवं अन्तिम लेखापरीक्षण गराउने,
  • मन्त्रालयको वार्षिक बजेट तर्जुमा (साधारण), निकासा एवं खर्चको प्रबन्ध सम्बन्धी कार्य,
  • मातहतका निकायहरूलाई आर्थिक प्रशासन सम्बन्धी निर्देशन दिने,
  • शाखाहरूलाई लजिष्टिक सपोर्टको लागि बजेट व्यवस्था सम्बन्धी कार्य,
  • कार्ययोजना तयार गरी स्थानीय निकायको आर्थिक प्रशासन शाखा सुदृढ गर्ने सम्बन्धी कार्य,
  • स्थानीय निकाय तथा मन्त्रालयको आर्थिक प्रशासन शाखा बीच कार्यगत सम्बन्ध कायम गर्ने सम्बन्धी,
  • सूचना विश्लेषण र स्थलगत निरीक्षण गरी आर्थिक अनियमितता माथि कारवाही गर्ने सम्बन्धी,
  • नगरपालिकाको प्रोद्भावी लेखाप्रणाली सम्बन्धी कार्यमा सहयोग पुर्याउने र
  • स्थानीय निकायको लेखापरीक्षणको मापदण्ड कार्यान्वयनमा सहयोग पुर्याउने ।