संघीय मामिला महाशाखा

यस महाशाखा अन्तर्गत तीनवटा शाखाहरु रहेका छन् । महाशाखाको कार्य विवरण देहाय बमोजिम रहेको छः

  • संघीयता तथा राज्य पुनर्संरचना सम्बन्धी नीति, योजना र कार्यान्वयन सम्बन्धी कार्य,
  • संघीय मामिला तथा राज्यको पुनर्संरचना सम्बन्धी अध्ययन, अनुसन्धान र ढाँचा निर्माण,
  • संघीयतासम्बन्धी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रयास र त्यस्ता संघसंस्थाहरुसंगको सम्बन्ध, सञ्जाल, सम्पर्क र समन्वयसम्बन्धी कार्य,
  • स्थानीय निकाय र प्रदेशको वित्तीय श्रोत (कर, राजश्व परिचालन र बाँडफाँड) सम्बन्धी कार्य,
  • स्थानीय निकाय-सरकारको पुनर्संरचनासम्बन्धी कार्य,
  • प्रदेशमा रहने केन्द्रीय निकायहरुको मापदण्ड निर्धारण र समन्वय,
  • सरकारका  विभिन्न तहहरुका कार्यहरुको बाँडफाँड, समन्वय र सहजीकरण सम्बन्धी कार्य,
  • प्रादेशिक तथा स्थानीय निजामती सेवा आयोग (Local Civil Service Commission) सम्बन्धी कार्य,
  • संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अरु विषयगत मन्त्रालय र स्थानीय निकायहरुको लैङ्गिक समानता तथा सामाजिकीकरण (Gender Equality and Social Inclusion), उत्तरदायी नीति निर्माणसम्बन्धी कार्य,
  • महाशाखा अन्तर्गतका पुराना कागज धुल्याउनेसम्बन्धी कार्य,
  • महाशाखा अन्तर्गतका कार्यहरुको निर्णयसार बनाउने र संग्रह गर्ने सम्बन्धी कार्य र संघीयतासम्बन्धी अन्य विषयहरु ।

संघीय मामिला महाशाखा अन्तर्गतका शाखाहरुको कार्य विवरण देहाय बमोजिम रहेको छः

१. संघीय मामिला शाखा

  • संघीयता तथा राज्य पुनर्संरचना सम्बन्धी नीति, योजना र कार्यान्वयन सम्बन्धी कार्य,
  • संघीयता सम्बन्धी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध तथा त्यस्ता संस्थासंगको सम्बन्ध, संजाल, सम्पर्क सम्बन्धी कार्य,
  • सघीयता सम्बन्धी अध्ययन, अनुसन्धान सम्बन्धी कार्य,
  • राज्यको पुनर्संरचना सम्बन्धी कार्यहरु,
  • प्रदेशमा रहने केन्द्रीय निकायहरुको मापदण्ड निर्धारण र समन्वय,
  • सरकारका विभिन्न तहहरुका कार्यहरुको बाँडफाँड, समन्वय र सहजीकरण सम्बन्धी कार्य,
  • प्रादेशिक तथा स्थानीय निजामती सेवा आयोग (Local Civil Service Commission) सम्बन्धी कार्य,
  • महाशाखा अन्तर्गतका पुराना कागज धुल्याउने सम्बन्धी कार्य,
  • संघीयता तथा राज्य पुनर्संरचना सम्बन्धी कार्ययोजना तथा कार्यान्वयन सम्बन्धी कार्य र
  • स्थानीय निकाय र विषयगत मन्त्रालयहरूसँगको  सम्पर्क, सहयोग तथा समन्वय सम्बन्धी कार्य ।

२. स्थानीय निकाय राजस्व परिचालन शाखा

  • करका नयाँ क्षेत्रहरु पहिचान गरी कार्यान्वयनमा ल्याउने कार्य,
  • स्थानीय निकायका राजस्व परिचालन क्षमतामा रहेको कमीकमजोरी पहिचान गरी आवश्यक सुधारसम्बन्धी कार्य,
  • केन्द्र र स्थानीय निकायबीच हुने राजस्व बाँडफाँड सम्बन्धी कार्य,
  • राजश्व परिचालन सम्बन्धी नीतिगत, अध्ययन अनुसन्धान तथा विश्लेषण कार्य,
  • राजस्व परिचालनमा उत्कृष्ट देखिएका स्थानीय निकायहरुबाट भएका कार्यहरुको अन्य स्थानीय निकायसँग अनुभव आदानप्रदान एवम् लागू गर्ने कार्य,
  • स्थानीय निकायका राजश्व परिचालनमा भएका विवाद समाधानका लागि समन्वय र पहल गर्ने कार्य,
  •  Municipal Administration and Revenue Software लगायत कर सम्बन्धी Software निर्माणमा सहयोग र गुणस्तर नियन्त्रण,
  • स्थानीय करको अनुगमन, मूल्यांकन र प्रतिवेदन सम्बन्धी कार्य,
  • नगरपालिकहरुमा एकीकृत सम्पत्ति कर कार्यान्वयनमा सहयोग,
  • स्थानीय निकायको प्राकृतिक श्रोतसाधनसंग सम्बन्धित कर व्यवस्थापनमा सहयोग र समन्वय र
  • महाशाखा अन्तर्गत कार्यहरुको निर्णयसार बनाउने ।

३. लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखा

  • संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अरु विषयगत मन्त्रालय र स्थानीय निकायहरुको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी नीति निर्माण गर्न सहयोग गर्ने,
  • संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सबै मन्त्रालय विभागहरुसँग समन्वय गरी कार्यक्रम, बजेट (अनुगमन मूल्यांकन, योजना तर्जुमा, प्रकाशनहरु) लाई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी बनाउने,
  • संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय,सँग सम्बन्धित लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रमहरुको कार्यान्वयन, कार्यान्वयन सहयोग र समन्वय गर्ने,
  • केन्द्र तथा जिल्लास्तरीय समिति (लैङ्गिक मूलप्रवाहीकरण, आदिवासी जनजाति र दलित उत्थान) हरुको संस्थागत विकास तथा GE and SI मा क्षमता अभिवृद्धि गर्ने,
  • सरकारी तथा गैरसरकारी संघसंस्था र नागरिक समाजमा GE and SI लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सहयोग पुर्याउने,
  • संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय निकायहरुलाई GE and SI उत्तरदायी निर्देशिकाहरु, तालिम निर्देशिकाहरु विकास गर्न सहयोग पुर्याउने,
  • सिकाइहरुको कार्यपत्र तयार गरी भइरहेको संरचनामा GE and SI समायोजित गर्न वकालत गर्न सहयोग पुर्याउने,
  • GE and SI मूलप्रवाहीकरणको लागि प्रकृया, निर्देशिका, System Mechanism, नीति र सूचकहरुलाई संस्थागत गर्न सहयोग गर्ने,
  • संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र मातहतका विकास कार्यक्रम तथा स्थानीय निकायहरुको जेण्डर र सामाजिक समावेशीकरणहरुको लेखाजोखा र लेखापरीक्षण गर्ने गराउने,
  • GESI लाई केन्द्रदेखि स्थानीय स्तरसम्म संस्थागत विकास गर्न सहयोग पु¥याउने,
  • GESI सँग सम्बन्धित सरकारले अन्तर्राष्ट्रियरुपमा गरेका प्रतिबद्धताहरू लागु गराउन प्रोत्साहन र सहयोग पु¥याउने,
  • GESI सम्बन्धी जिल्लामा मानव संसाधन विकास, संस्थागत विकास र योजना प्रक्रियामा सहयोग पु¥याउने,
  • विषयगत निकायहरुसँग GE and SI लाई मूलप्रवाहीकरण गर्ने क्षमता अभिवृद्धिको लागि सहकार्यको क्षेत्रहरु पत्ता    लगाउने र उनीहरुको कार्यक्रमलाई लैङ्गिक समतामुखी तथा समावेशी बनाउन सहजीकरण गर्ने,
  • स्थानीय निकायहरुको GE and SI संग सम्बन्धित क्रियाकलापहरुको अनुगमन मूल्यांकन गर्ने र नीतिनिर्माणमा पृष्ठपोषण गर्ने,
  • लैंगिक समता र सामाजिक समावेशीकरण सम्बन्धी विभिन्न आयोग, प्रतिष्ठान, समिति र निकायहरुको सम्पर्क शाखाको रुपमा काम गर्ने,
  • लैङ्गिक उत्तरदायी बजेटको सम्पर्क शाखाको रुपमा काम गर्ने र
  • विभिन्न दातृ निकाय, गैसस तथा नागरिक समाजका लैंगिक समता तथा सामाजिक समावेशीकणको सम्पर्क पदाधिकारीहरुको सन्जाल स्थापना गरी यससंग सम्बन्धित कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकन गर्ने ।