योजना तथा वैदेशिक सहयोग समन्वय महाशाखा

यस महाशाखा अन्तर्गत तीनवटा शाखाहरु रहेका छन् । महाशाखाको कार्यविवरण देहाय बमोजिम रहेको छः

  • मन्त्रालय एवं अन्तर्गत निकायको लागि आवधिक तथा वार्षिक बजेट र कार्यक्रम तयारी सम्बन्धी कार्य गर्ने,
  • विकास आयोजना तर्जुमा गर्ने सम्बन्धमा आवश्यक नीति एवं निर्देशन दिने,
  • ग्रामीण विकास परियोजनाहरूको समन्वय सम्बन्धी,
  • मन्त्रालयको वैदेशिक सहयोग नीति तर्जुमा सम्बन्धी कार्य गर्ने,
  • विविध परियोजना प्रस्तावमा मन्त्रालयको राय प्रतिक्रिया दिने,
  • अन्तर्राष्ट्रिय दातृ संस्थाहरूसँगको समन्वय,
  • अन्तर महाशाखा-विभाग र शाखा बीच समन्वयको प्रणाली स्थापना गर्ने,
  • वैदेशिक सहयोग सम्बन्धमा नीतिगत अध्ययन अनुसन्धान र विश्लेषण गर्ने,
  • आयोजना, कार्यक्रमको Project document तयार गर्ने गराउने,
  • परियोजना (Project) हरूको प्राथमिकता निर्धारण गर्ने,
  • महाशाखासँग सम्बन्धित पुराना कागजपत्र धुल्याउने,
  • महाशाखासँग सम्बन्धित निर्णयसार बनाउने, सम्बन्धित महाशाखा शाखालाई अवगत गराउने तथा संग्रह गर्ने र
  • सूचना, अभिलेख तथा विद्युतीय शासन सम्बन्धी कार्य गर्ने ।

योजना तथा वैदेशिक सहयोग समन्वय महाशाखा अन्तर्गतका शाखाहरुको कार्यविवरण देहायबमोजिम रहेको छः

१. योजना शाखा

  • योजना कार्यान्वयन सम्बन्धी मन्त्रालयको रणनीतिक योजना तयार गर्ने,
  • मन्त्रालय अन्तर्गत विभिन्न योजना, परियोजना एवं संघ संस्थाको वार्षिक योजना कार्यक्रम एवं बजेट तर्जुमा एवं स्वीकृति सम्बन्धी कार्य,
  • विकास आयोजनाहरू संचालन गर्ने सम्बन्धमा आवश्यक नीति निर्देशनहरू दिने,
  • मातहतका सम्बन्धित निकायहरूलाई बजेट सिलिङ्ग पठाउने,
  • आयोजना एवं कार्यक्रम स्वीकृत भए पछि सम्बन्धित निकायलाई जानकारी गराउने,
  • एकीकृत ग्रामीण विकास परियोजनाहरूको समन्वय एवं संचालन सम्बन्धी कार्य गर्ने,
  • कार्यक्रम समन्वयका लागि महाशाखागत बजेट व्यवस्था गर्ने,
  • मन्त्रालयको रणनीतिक योजना तयार गर्ने,
  • मन्त्रालय अन्तर्गत संचालित कार्यक्रम तथा आयोजनाको Project document तयार गराई सो को आधारमा वार्षिक कार्यक्रम तथा बजेट बनाउने,
  • जिल्लामा समयमै बजेट सिलिङ्ग पठाउन विषयगत मन्त्रालय तथा अन्य निकायहरूसँग समन्वय गर्ने,
  • काठमाडौं उपत्यका सडक विस्तार सम्बन्धी सम्पर्क शाखा,
  • गाउँ विकास समिति तथा जिल्ला विकास समितिहरुको आवधिक योजना निर्माणमा सहयोग र समन्वय गर्ने र
  • महाशाखा र अन्तरगतका पुराना कागज धुल्याउने सम्बन्धी कार्य गर्ने ।

२. वैदेशिक सहयोग समन्वय शाखा   

  • वैदेशिक सहयोग सम्बन्धमा नीतिगत अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने,
  • वैदेशिक सहायता वा प्राविधिक सहयोगबाट प्राप्त सामानहरूको हस्तान्तरण सम्बन्धी नीति बनाउने,
  • मन्त्रालयको रणनीतिक योजना तयार गर्ने,
  • अन्तर्राष्ट्रिय दातृ निकायहरुसंग समन्वय गर्ने,
  • अर्थ मन्त्रालयसँग समन्वय गरी स्थानीय विकासको लागि वैदेशिक सहयोग नीति र प्राथमिकता तय गर्ने,
  • परियोजना (Project) हरूको प्राथमिकता निर्धारण गर्ने,
  • वैदेशिक सहायताको Sector Wide Approach को संस्थागत विकास,
  • स्थानीय विकाससंग सम्बन्धित Foreign Aid Policy को कार्यान्वयन गर्ने,
  • वैदेशिक सहायताको प्राविधिक सहयोग TA को व्यवस्थापन गर्ने र
  • वैदेशिक सहायताका लागि Project Bank निर्माण गर्ने ।

३. सूचना तथा विद्युतीय शासन शाखा

  • सूचना संकलन, संग्रह, अभिलेख सम्बन्धी कार्य गर्ने,
  • सबै महाशाखा-शाखासंग समन्वय गरी मन्त्रालयका आवश्यक प्रकाशनहरू प्रकाशित गर्ने,
  • भौगोलिक सूचना प्रणाली सम्बन्धी कार्य गर्ने,
  • संसद अधिवेशन रिर्पोटिङ्ग सम्बन्धी कार्य गर्ने,
  • पुस्तकालय स्थापना, संचालन र व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
  • मन्त्रालयसँग सम्बन्धित सूचना प्रवाह गर्ने (प्रवक्ता) सम्बन्धी कार्य गर्ने,
  • स्थानीय निकायको आर्थिक नियमितता तथा कार्यसम्पादन स्थिति झल्कने गरी तुलनात्मक विवरण नियमित रुपमा प्रकाशित गर्ने,
  • बेरुजु स्थिति, प्रशासनिक खर्च, पूँजीगत निर्माण, अनुपात, आन्तरिक श्रोत आदिको विश्लेषण सहितको प्रतिवेदन तयार गर्ने,
  • मन्त्रालयमा कम्प्यूटर नेटवर्किङ्ग गर्ने,
  • स्थानीय निकायहरूका सफल कार्य (Best Practices) को प्रकाशन तथा प्रसार गर्ने,
  • कम्प्यूटर-प्रिन्टर-नेटवर्कीङ्ग सम्बन्धी समस्याको मर्मत, रेखदेख, स्याहार सम्भार गर्न लगाउने,
  • मन्त्रालयको Singha Durbar Gate Pass System व्यवस्थित गराउने,
  • मन्त्रालयको दर्ता चलानी, हेल्पडेस्क, टेलिफोन, फोटोकपि, इत्यादि सुचारुरुपले संचालन गर्ने, गराउने,
  • मन्त्रालयमा कार्यरत कर्मचारीको व्यक्तिगत विवरण, विदा र हाजिरी व्यवस्थापन गर्ने,
  • e-Governance System अद्यावधिक-संचालन गर्ने,
  • कम्प्युटर Maintenance सम्बन्धी व्यवस्थापन कार्य गर्ने,
  • Software Development, Installation, Upgrade सम्बन्धी व्यवस्थापन कार्य गर्ने,
  • Network/System Administration सम्बन्धी व्यवस्थापन कार्य गर्ने,
  • PIS मा रहेको विवरणहरु अद्यावधिक गर्ने गराउने कामका लागि समन्वय गर्ने,
  • Website अद्यावधिक गर्ने,
  • Lease line/Internet को व्यवस्थापन गर्ने,
  • Server व्यवस्थापन गर्ने,
  • Online Portal सम्बन्धी कार्य गर्ने र
  • IT सम्पर्क इकाई सम्बन्धी कार्य गर्ने ।