पूर्वाधार तथा प्रविधि विकास शाखा

पूर्वाधार तथा प्रविधि विकास शाखाको कार्यविवरण देहाय बमोजिम रहेको छः

  • स्थानीय पूर्वाधार विकास (ग्रामीण सडक, खानेपानी, सिंचाइ, उर्जा, भवन, सामाजिक पूर्वाधार तथा अन्य पूर्वाधार) सम्बन्धी आवश्यक नीतिहरुको निर्माण, परिमार्जन तथा संशोधनको लागि सहयोग गर्ने,
  • स्थानीय भौतिक पूर्वाधार विकासको लागि नेपाल सरकार तथा दातृ निकायका सशर्त अनुदानको रुपमा संचालन हुने आयोजना तथा कार्यक्रमहरुको वार्षिक योजना तर्जुमा तथा प्रगति विभाग मार्फत् प्राप्त गरी मंत्रालयस्तरमा एकीकृत गर्ने,
  • स्थानीय भौतिक पूर्वाधार विकासका लागि मन्त्रालयस्तरबाट आवश्यक अनुगमन, निरीक्षण तथा निर्देशन गर्ने सम्बन्धी कार्यमा समन्वय गर्ने,
  • स्थानीय भौतिक पूर्वाधार विकासका लागि विभाग तथा मन्त्रालयका सम्बन्धित शाखाहरु बीच आवश्यक समन्वय तथा सहयोग गर्ने,
  • शाखाको सवारी साधन, कम्प्यूटर, कम्प्यूटर नेटवर्किङ्ग, फ्याक्स, फोटोकपी मेशिन, टेलिफोन आदिको मर्मत संभार गर्ने, गराउने,
  • शाखाको सवारी साधन लगायत अन्य मालसामानहरुको एवं वस्तुगत सहायताका रुपमा प्राप्त सामानहरुको लगत  अद्यावधिक राख्ने, राख्न लगाउने,
  • शाखाको दैनिक कार्य संचालनको लागि आवश्यक सामग्रीहरु आपूर्ति व्यवस्था मिलाउने,
  • आफ्नो शाखा अन्तर्गतका अभिलेखहरु व्यवस्थित गर्ने गराउने र
  • मन्त्रालय सम्बन्धित शाखाले सम्पादन गर्ने गरी तोकिएका कार्यविवरण अनुसार कार्यहरु गर्ने ।