योजना शाखा

योजना शाखाको कार्यविवरण देहायबमोजिम रहेको छः

  • योजना कार्यान्वयन सम्बन्धी मन्त्रालयको रणनीतिक योजना तयार गर्ने,
  • मन्त्रालय अन्तर्गत विभिन्न योजना, परियोजना एवं संघ संस्थाको वार्षिक योजना कार्यक्रम एवं बजेट तर्जुमा एवं स्वीकृति सम्बन्धी कार्य,
  • विकास आयोजनाहरू संचालन गर्ने सम्बन्धमा आवश्यक नीति निर्देशनहरू दिने,
  • मातहतका सम्बन्धित निकायहरूलाई बजेट सिलिङ्ग पठाउने,
  • आयोजना एवं कार्यक्रम स्वीकृत भए पछि सम्बन्धित निकायलाई जानकारी गराउने,
  • एकीकृत ग्रामीण विकास परियोजनाहरूको समन्वय एवं संचालन सम्बन्धी कार्य गर्ने,
  • कार्यक्रम समन्वयका लागि महाशाखागत बजेट व्यवस्था गर्ने,
  • मन्त्रालयको रणनीतिक योजना तयार गर्ने,
  • मन्त्रालय अन्तर्गत संचालित कार्यक्रम तथा आयोजनाको Project document तयार गराई सो को आधारमा वार्षिक कार्यक्रम तथा बजेट बनाउने,
  • जिल्लामा समयमै बजेट सिलिङ्ग पठाउन विषयगत मन्त्रालय तथा अन्य निकायहरूसँग समन्वय गर्ने,
  • काठमाडौं उपत्यका सडक विस्तार सम्बन्धी सम्पर्क शाखा,
  • गाउँ विकास समिति तथा जिल्ला विकास समितिहरुको आवधिक योजना निर्माणमा सहयोग र समन्वय गर्ने र
  • महाशाखा र अन्तरगतका पुराना कागज धुल्याउने सम्बन्धी कार्य गर्ने ।