वातावरण व्यवस्थापन शाखा

वातावरण व्यवस्थापन शाखाको कार्यविवरण देहाय बमोजिम रहेको छः 

  • शहरी, ग्रामीण र सामुदायिक वातावरणीय व्यवस्थापन र दिगोविकास सम्बन्धमा मन्त्रालयको नीति निर्धारण तथा योजना, निर्देशिका तर्जुमा, कार्यान्वयन, अध्ययन, अनुगमन र मूल्यांकन सम्बन्धी कार्यहरु,
  • मन्त्रालय अन्तरगत संचालित कार्यक्रमको वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी कार्यहरु,
  • स्थानीय योजना चक्र (Planning cycle) मा वातावरणीय पक्षहरूको एकीकरण र वातावरणीय मूल्याङ्कन सम्बन्धी कार्यहरु,
  • सरसफाइ तथा फोहर मैला व्यवस्थापन सम्बन्धी नीति, योजना एवं कार्यान्वयन सम्बन्धी कार्यहरु,
  • समुदाय, ग्रामीण र नगर क्षेत्रमा वातावरणीय जनचेतना, वातावरण संरक्षण र उपयोग सम्बन्धी,
  • स्थानीय निकायहरू र स्थानीय तहमा कार्यरत गैरसरकारी, सामुदायिक एवं निजी क्षेत्रका संस्थाहरूको वातावरणमैत्री योजना तर्जुमा एवं कार्यान्वयनमा क्षमता अभिवृद्धि सम्बन्धी,
  • स्थानीय स्तर र केन्द्रमा वातावरणीय तथ्यांक संकलन, वातावरण व्यवस्थापन सूचना प्रणाली (EMIS) सम्बन्धी,
  • स्थानीय स्तरमा वातावरण प्रदूषण र व्यवस्थापन सम्बन्धी निर्धारित मापदण्डहरूको कार्यान्वयन र अनुगमन सम्बन्धी,
  • हरियाली तथा खुला क्षेत्रको विकास तथा वातावरणीय व्यवस्थापन कार्यमा नगरपालिका एवं अन्य स्थानीय निकायहरूलाई सक्रिय गराउने सम्बन्धी,
  • स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय वातावरणीय प्रयासहरू र संस्थाहरूसँग सम्बन्ध र समन्वय सम्बन्धी,
  • वातावरणीय ह्रास, जोखिम न्यूनीकरण सम्बन्धी,
  • फोहरमैला प्रबन्ध तथा श्रोत परिचालन केन्द्र, सार्वजनिक उद्यान तथा सभागृह विकास समिति, पदमपुर स्थानान्तरण कार्यक्रम, पोखरा वातावरण सुधार आयोजना, काठमाडौं उपत्यका म्यापिङ्ग कार्यक्रम, अन्य वातावरण र दिगो विकाससंग सम्बधित आयोजना, केन्द्र र समितिको सम्पर्क सम्बन्धी,
  • वातावरण व्यवस्थापनसंग सम्बन्धित ऐन, नियम, विनियम निर्देशिका आदिको संकलन सम्बन्धी,
  • भू–उपयोग योजना कार्यान्वयनमा स्थानीय निकायलाई सहयोग र समन्वय,
  • EIA IEE सम्बन्धी कार्यहरु र
  • खुल्ला दिशामुक्त घोषणा सम्बन्धी कार्यहरु ।