स्थानीय निकाय राजस्व परिचालन शाखा

स्थानीय निकाय राजस्व परिचालन शाखाको कार्य विवरण देहाय बमोजिम रहेको छः

  • करका नयाँ क्षेत्रहरु पहिचान गरी कार्यान्वयनमा ल्याउने कार्य,
  • स्थानीय निकायका राजस्व परिचालन क्षमतामा रहेको कमीकमजोरी पहिचान गरी आवश्यक सुधारसम्बन्धी कार्य,
  • केन्द्र र स्थानीय निकायबीच हुने राजस्व बाँडफाँड सम्बन्धी कार्य,
  • राजश्व परिचालन सम्बन्धी नीतिगत, अध्ययन अनुसन्धान तथा विश्लेषण कार्य,
  • राजस्व परिचालनमा उत्कृष्ट देखिएका स्थानीय निकायहरुबाट भएका कार्यहरुको अन्य स्थानीय निकायसँग अनुभव आदानप्रदान एवम् लागू गर्ने कार्य,
  • स्थानीय निकायका राजश्व परिचालनमा भएका विवाद समाधानका लागि समन्वय र पहल गर्ने कार्य,
  • Municipal Administration and Revene Softaware लगायत कर सम्बन्धी Software निर्माणमा सहयोग र गुणस्तर नियन्त्रण,
  • स्थानीय करको अनुगमन, मूल्यांकन र प्रतिवेदन सम्बन्धी कार्य,
  • नगरपालिकहरुमा एकीकृत सम्पत्ति कर कार्यान्वयनमा सहयोग,
  • स्थानीय निकायको प्राकृतिक श्रोतसाधनसंग सम्बन्धित कर व्यवस्थापनमा सहयोग र समन्वय र
  • महाशाखा अन्तर्गत कार्यहरुको निर्णयसार बनाउने ।