नगरपालिका तथा वातावरण ब्यवस्थापन महाशाखा

यस महाशाखा अन्तर्गत चारवटा शाखाहरु रहेका छन् । महाशाखाको कार्यविवरण देहाय बमोजिम रहेको छः

  • नगरपालिकाहरूको संस्थागत विकास, आर्थिक तथा प्रशासनिक सुदृढीकरण सम्बन्धी कार्य गर्ने,
  • श्रोत परिचालन र समन्वय सम्बन्धी कार्य गर्ने,
  • पूर्वाधार तथा सेवा सुविधाको विकासमा सहयोग पुर्याउने सम्बन्धी कार्य गर्ने,
  • नगरपालिकाको आवधिक योजना तथा वार्षिक कार्यक्रम तर्जुमा सम्बन्धी कार्य गर्ने,
  • वातावरण र दिगो विकास सम्बन्धी नीतिनिर्माण, समन्वय, अनुगमन र मूल्याङ्कन सम्बन्धी कार्य गर्ने,
  • अन्तरमहाशाखा र मातहत शाखाहरू बीच समन्वय कायम गर्ने कार्य गर्ने,
  • अनुदान बाँडफाँड सम्बन्धमा उपयुक्त भार प्रणाली निर्धारण, संशोधन, परिमार्जन र कार्यान्वयन सम्बन्धी कार्य गर्ने,
  • नगरविकास कोष तथा नगर र वातावरणीय सम्बन्धमा प्रतिनिधित्व गर्ने,
  • नीति निर्माणमा सहयोग सम्बन्धी कार्य गर्ने,
  • नगरपालिकाहरूको दक्षता मूल्याङ्कन सम्बन्धी कार्य गर्ने र
  • शाखाहरूको निर्णयसार बनाउने र कागज धुल्याउने सम्बन्धी गर्ने ।

नगरपालिका तथा वातावरण व्यवस्थापन महाशाखा अन्तर्गतका शाखाहरुको कार्यविवरण देहाय बमोजिम रहेको छः

१.  नगरपालिका व्यवस्थापन शाखा – (क)
पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रका नगरपालिकाहरुसँग सम्बन्धित निम्न कार्यहरु गर्नेः

  • नगरपालिकाहरूको संस्थागत विकासको लागि नीति, योजना तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्य गर्ने,
  • नगरपालिका अनुदान (राजस्वसमेत) को बाँडफाँड तथा अनुगमन सम्बन्धी कार्य गर्ने,
  • स्थानीय विकास शुल्कको लगत, वितरण, अभिलेख, लेखापरीक्षण तथा जगेडा कोषको रकम सम्बन्धी कार्य गर्ने,
  • नगरपरिषद्को निर्णयमा सुझाव÷प्रतिक्रिया जनाउने, बैठकको निर्णय अध्ययन र विवाद समाधान सम्बन्धी कार्य गर्ने,
  • नगरविकास योजनाको लागि नगरपालिकाले ऋण लिने, नगरपालिका क्षेत्रको जग्गा (ऐलानी पर्ती समेत) सम्बन्धित कारवाही र अचल सम्पत्ति बेचबिखन गर्ने सम्बन्धी कार्य गर्ने,
  • सार्क सम्मेलन, अन्य सम्मेलन तथा समारोह सम्बन्धी कार्य गर्ने,
  • नगरपालिकाहरूले मागगरेको विदेशी स्वयंसेवक प्राविधिकको व्यवस्था र अनुगमन सम्बन्धी कार्य गर्ने,
  • नगरपालिकाको आन्तरिक श्रोत साधनको पहिचान, परिचालन, समन्वय र आर्थिक एवं प्रशासनिक अनुशासन सम्बन्धी कार्य गर्ने,
  • नगरपालिकाको गठन, वर्गीकरण तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
  • नगरपालिकाको वार्षिक आयव्ययको अभिलेख र वार्षिक प्रतिवेदन प्रकाशन सम्बन्धी कार्य गर्ने,
  • नगरपालिकाद्वारा खरिद गरिने सवारी तथा अन्य साधनमा कर छूट सम्बन्धी कार्य गर्ने,
  • अन्तर्राष्ट्रिय संस्थालाई सदस्यता शुल्क सम्बन्धी कार्य गर्ने,
  • विषयगत मन्त्रालय र नेपाल नगरपालिका संघसँग सम्पर्क र समन्वय सम्बन्धी,
  • Management Improvement सम्बन्धी क्षमता अभिवृद्धि र तत्सम्बन्धी कार्यको अनुगमन गर्ने,
  • नगरपालिकाको दक्षता मूल्याङ्कन सम्बन्धी कार्य गर्ने,
  • नगरविकास सम्बन्धी दूरदृष्टि (vision), वस्तुगत विवरण, स्रोत नक्सा सम्बन्धी कार्य गर्ने,
  • नगरपालिकाको आवधिक र वार्षिक योजना, स्थानीय योजना, जग्गा विकास र तत्सम्बन्धी प्रगति संकलन, अनुगमन र मूल्यांकन सम्बन्धी कार्य गर्ने,
  • शहरी योजना सम्बन्धी कार्य गर्ने,
  • नगरउन्मुख बस्ती क्षेत्रको शहरी विकास योजना सम्बन्धी कार्य गर्ने,
  • नगरयोजना सम्बन्धी मंत्रालयको राय तथा प्रतिक्रिया उपलब्ध गराउने,
  • जनसहभागिताको नीति सम्बन्धी तयार गर्ने,
  • नगरविकास कोष सम्बन्धी कार्य गर्ने,
  • गाउँ नगर साझेदारी विकास कार्यक्रम, शहरी विकास रणनीति तयार गर्ने,
  • नगरपालिका योजना र नगर योजनासँग सम्बन्धित काममा स्वदेशी तथा विदेशी संघ संस्था तथा दातृराष्ट्रसित सम्पर्क र समन्वय सम्बन्धी कार्य गर्ने,
  • शहरी विकास योजनाको समीक्षा, मार्गदर्शन र बजेट सिलिङ्ग संबन्धमा समन्वय सम्बन्धी कार्य गर्ने,
  • Child Friendly Cities सम्बन्धी कार्यहरु,
  • नगरपालिका विस्तार र घोषणा सम्बन्धी कार्यहरु,
  • नगर यातायात गुरुयोजना सम्बन्धी कार्यहरु,
  • स्थानीय आर्थिक विकास सम्बन्धी कार्यहरु र
  • नगरपालिकाहरु बीच भगिनी सम्बन्ध विस्तार सम्बन्धी कार्यहरु ।

२.  नगरपालिका व्यवस्थापन शाखा – (ख)
पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका नगरपालिकाहरुसंग सम्बन्धित निम्न कार्यहरु गर्नेः

  • नगरपालिकाहरूको संस्थागत विकासको लागि नीति, योजना तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्य गर्ने,
  • नगरपालिका अनुदान (राजस्वसमेत) को बाँडफाँड तथा अनुगमन सम्बन्धी कार्य गर्ने,
  • स्थानीय विकास शुल्कको लगत, वितरण, अभिलेख, लेखापरीक्षण तथा जगेडा कोषको रकम सम्बन्धी कार्य गर्ने,
  • नगरपरिषद्को निर्णयमा सुझाव-प्रतिक्रिया जनाउने, बैठकको निर्णय अध्ययन र विवाद समाधान सम्बन्धी कार्य गर्ने,
  • नगर विकास योजनाको लागि नगरपालिकाले ऋण लिने, नगरपालिका क्षेत्रको जग्गा (ऐलानी पर्तीसमेत) सम्बन्धी कारवाही र अचल सम्पत्ति बेचबिखन गर्ने सम्बन्धी कार्य गर्ने,
  • सार्क सम्मेलन, अन्य सम्मेलन तथा समारोह सम्बन्धी कार्य गर्ने,
  • नगरपालिकाहरूले माग गरेको विदेशी स्वयंसेवक प्राविधिकको व्यवस्था र अनुगमन सम्बन्धी कार्य गर्ने,
  • नगरपालिकाको आन्तरिक श्रोत साधनको पहिचान, परिचालन, समन्वय र आर्थिक एवं प्रशासनिक अनुशासन सम्बन्धी कार्य गर्ने,
  • नगरपालिकाको गठन, वर्र्गीकरण तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
  • नगरपालिकाको वार्षिक आयव्ययको अभिलेख र वार्षिक प्रतिवेदन प्रकाशन सम्बन्धी कार्य गर्ने,
  • नगरपालिकाद्वारा खरिद गरिने सवारी तथा अन्य साधनमा कर छूट सम्बन्धी कार्य गर्ने,
  • अन्तर्राष्ट्रिय संस्थालाई सदस्यता शुल्कसम्बन्धी कार्य गर्ने,
  • विषयगत मन्त्रालय र नेपाल नगरपालिका संघसँग सम्पर्क र समन्वय सम्बन्धी,
  • Management Improvement सम्बन्धी क्षमता अभिवृद्धि र तत्सम्बन्धी कार्यको अनुगमन गर्ने,
  • नगरपालिकाको दक्षता मूल्याङ्कन सम्बन्धी कार्य गर्ने,
  • नगरविकास सम्बन्धी दूरदृष्टि (vision), वस्तुगत विवरण, स्रोतनक्सा सम्बन्धी कार्य गर्ने,
  • नगरपालिकाको आवधिक र वार्षिक योजना, स्थानीय  योजना, जग्गा विकास र तत्सम्बन्धी प्रगति संकलन, अनुगमन र मूल्यांकन सम्बन्धी कार्य गर्ने,
  • शहरी योजना सम्बन्धी कार्य गर्ने,
  • नगरउन्मुख बस्ती क्षेत्रको शहरी विकास योजना सम्बन्धी कार्य गर्ने,
  • नगरयोजना सम्बन्धी मंत्रालयको राय तथा प्रतिक्रिया उपलब्ध गराउने,
  • जनसहभागिताको नीति सम्बन्धी तयार गर्ने,
  • नगर विकास कोष सम्बन्धी कार्य गर्ने,
  • गाउँ नगर साझेदारी विकास कार्यक्रम, शहरी विकास रणनीति तयार गर्ने,
  • नगरपालिका योजना र नगर योजनासँग सम्बन्धित काममा स्वदेशी तथा विदेशी संघसंस्था तथा दातृ राष्ट्रसित सम्पर्क र समन्वय सम्बन्धी कार्य गर्ने,
  • शहरी विकास योजनाको समीक्षा, मार्गदर्शन र बजेट सिलिङ्ग संबन्धमा समन्वय सम्बन्धी,
  • Child Friendly Cities सम्बन्धी कार्यहरु,
  • नगरपालिका विस्तार र घोषणा सम्बन्धी कार्यहरु,
  • नगर यातायात गुरुयोजना सम्बन्धी कार्यहरु,
  • स्थानीय आर्थिक विकास सम्बन्धी कार्यहरु र
  • नगरपालिकाहरु बीच भगिनी सम्बन्ध विस्तार सम्बन्धी कार्यहरु ।

३.  वातावरण व्यवस्थापन शाखा   

  • शहरी, ग्रामीण र सामुदायिक वातावरणीय व्यवस्थापन र दिगोविकास सम्बन्धमा मन्त्रालयको नीति निर्धारण तथा योजना, निर्देशिका तर्जुमा, कार्यान्वयन, अध्ययन, अनुगमन र मूल्यांकन सम्बन्धी कार्यहरु,
  • मन्त्रालय अन्तरगत संचालित कार्यक्रमको वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी कार्यहरु,
  • स्थानीय योजना चक्र (Planning cycle) मा वातावरणीय पक्षहरूको एकीकरण र वातावरणीय मूल्याङ्कन सम्बन्धी कार्यहरु,
  • सरसफाइ तथा फोहर मैला व्यवस्थापन सम्बन्धी नीति, योजना एवं कार्यान्वयन सम्बन्धी कार्यहरु,
  • समुदाय, ग्रामीण र नगर क्षेत्रमा वातावरणीय जनचेतना, वातावरण संरक्षण र उपयोग सम्बन्धी,
  • स्थानीय निकायहरू र स्थानीय तहमा कार्यरत गैरसरकारी, सामुदायिक एवं निजी क्षेत्रका संस्थाहरूको वातावरणमैत्री योजना तर्जुमा एवं कार्यान्वयनमा क्षमता अभिवृद्धि सम्बन्धी,
  • स्थानीय स्तर र केन्द्रमा वातावरणीय तथ्यांक संकलन, वातावरण व्यवस्थापन सूचना प्रणाली (EMIS) सम्बन्धी,
  • स्थानीय स्तरमा वातावरण प्रदूषण र व्यवस्थापन सम्बन्धी निर्धारित मापदण्डहरूको कार्यान्वयन र अनुगमन सम्बन्धी,
  • हरियाली तथा खुला क्षेत्रको विकास तथा वातावरणीय व्यवस्थापन कार्यमा नगरपालिका एवं अन्य स्थानीय निकायहरूलाई सक्रिय गराउने सम्बन्धी,
  • स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय वातावरणीय प्रयासहरू र संस्थाहरूसँग सम्बन्ध र समन्वय सम्बन्धी,
  • वातावरणीय ह्रास, जोखिम न्यूनीकरण सम्बन्धी,
  • फोहरमैला प्रबन्ध तथा श्रोत परिचालन केन्द्र, सार्वजनिक उद्यान तथा सभागृह विकास समिति, पदमपुर स्थानान्तरण कार्यक्रम, पोखरा वातावरण सुधार आयोजना, काठमाडौं उपत्यका म्यापिङ्ग कार्यक्रम, अन्य वातावरण र दिगो विकाससंग सम्बधित आयोजना, केन्द्र र समितिको सम्पर्क सम्बन्धी,
  • वातावरण व्यवस्थापनसंग सम्बन्धित ऐन, नियम, विनियम निर्देशिका आदिको संकलन सम्बन्धी,
  • भू–उपयोग योजना कार्यान्वयनमा स्थानीय निकायलाई सहयोग र समन्वय,
  • EIA IEE सम्बन्धी कार्यहरु र
  • खुल्ला दिशामुक्त घोषणा सम्बन्धी कार्यहरु ।

४.  अग्नि नियन्त्रण तथा विपद व्यवस्थापन शाखा

  • विपद-जोखिम व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रमको तर्जुमा एवं कार्यान्वयन, समन्वय तथा अनुगमन र मूल्याङ्कन सम्बन्धी कार्य,
  • विपद-जोखिम व्यवस्थापन सम्बन्धमा सरकारी तथा विदेशी संघसंस्थाहरु बीच समन्वय राख्ने,
  • विपद-जोखिम व्यवस्थापन सम्बन्धी तालिम, सेमिनार र गोष्ठी सम्बन्धी कार्य,
  • विपद-जोखिम व्यवस्थापनका लागि जनचेतना जगाउने तथा समुदाय परिचालन गर्ने सम्बन्धी,
  • नगर तथा ग्रामीण क्षेत्रमा वारुणयन्त्र व्यवस्थापन सम्बन्धी नीतिगत कार्य गर्ने,
  • वारुणयन्त्र तथा अग्नि नियन्त्रणको क्षेत्रमा कार्य गर्ने कर्मचारी तथा संस्थाहरुको क्षमता विकास सम्बन्धी कार्य गर्ने,
  • समुदाय, ग्रामीण तथा नगरक्षेत्रमा जनचेतना अभिवृद्धि सम्बन्धी कार्य गर्ने,
  • वारुणयन्त्र तथा अग्नि नियन्त्रण र विपद्को क्षेत्रका स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासंग समन्वय, सहकार्य, संजाल निर्माण सम्बन्धी कार्य,
  • सम्बन्धित ऐन, नियम निर्देशिका संकलन तथा प्रकाशन सम्बन्धी कार्य,
  • दमकल व्यवस्थापन सम्बन्धी कार्यहरू र
  • गाउँ तथा नगरमा भवनसंहिता तथा भवनसम्बन्धी मापदण्ड कार्यान्वयनमा सहयोग ।