नगरपालिका व्यवस्थापन शाखा-ख

नगरपालिका व्यवस्थापन शाखा -(ख) को कार्यविवरण देहाय बमोजिम रहेको छः
पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका नगरपालिकाहरुसंग सम्बन्धित निम्न कार्यहरु गर्नेः

  • नगरपालिकाहरूको संस्थागत विकासको लागि नीति, योजना तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्य गर्ने,
  • नगरपालिका अनुदान (राजस्वसमेत) को बाँडफाँड तथा अनुगमन सम्बन्धी कार्य गर्ने,
  • स्थानीय विकास शुल्कको लगत, वितरण, अभिलेख, लेखापरीक्षण तथा जगेडा कोषको रकम सम्बन्धी कार्य गर्ने,
  • नगरपरिषद्को निर्णयमा सुझाव-प्रतिक्रिया जनाउने, बैठकको निर्णय अध्ययन र विवाद समाधान सम्बन्धी कार्य गर्ने,
  • नगर विकास योजनाको लागि नगरपालिकाले ऋण लिने, नगरपालिका क्षेत्रको जग्गा (ऐलानी पर्तीसमेत) सम्बन्धी कारवाही र अचल सम्पत्ति बेचबिखन गर्ने सम्बन्धी कार्य गर्ने,
  • सार्क सम्मेलन, अन्य सम्मेलन तथा समारोह सम्बन्धी कार्य गर्ने,
  • नगरपालिकाहरूले माग गरेको विदेशी स्वयंसेवक प्राविधिकको व्यवस्था र अनुगमन सम्बन्धी कार्य गर्ने,
  • नगरपालिकाको आन्तरिक श्रोत साधनको पहिचान, परिचालन, समन्वय र आर्थिक एवं प्रशासनिक अनुशासन सम्बन्धी कार्य गर्ने,
  • नगरपालिकाको गठन, वर्र्गीकरण तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
  • नगरपालिकाको वार्षिक आयव्ययको अभिलेख र वार्षिक प्रतिवेदन प्रकाशन सम्बन्धी कार्य गर्ने,
  • नगरपालिकाद्वारा खरिद गरिने सवारी तथा अन्य साधनमा कर छूट सम्बन्धी कार्य गर्ने,
  • अन्तर्राष्ट्रिय संस्थालाई सदस्यता शुल्कसम्बन्धी कार्य गर्ने,
  • विषयगत मन्त्रालय र नेपाल नगरपालिका संघसँग सम्पर्क र समन्वय सम्बन्धी,
  • Management Improvement सम्बन्धी क्षमता अभिवृद्धि र तत्सम्बन्धी कार्यको अनुगमन गर्ने,
  • नगरपालिकाको दक्षता मूल्याङ्कन सम्बन्धी कार्य गर्ने,
  • नगरविकास सम्बन्धी दूरदृष्टि (vision), वस्तुगत विवरण, स्रोतनक्सा सम्बन्धी कार्य गर्ने,
  • नगरपालिकाको आवधिक र वार्षिक योजना, स्थानीय  योजना, जग्गा विकास र तत्सम्बन्धी प्रगति संकलन, अनुगमन र मूल्यांकन सम्बन्धी कार्य गर्ने,
  • शहरी योजना सम्बन्धी कार्य गर्ने,
  • नगरउन्मुख बस्ती क्षेत्रको शहरी विकास योजना सम्बन्धी कार्य गर्ने,
  • नगरयोजना सम्बन्धी मंत्रालयको राय तथा प्रतिक्रिया उपलब्ध गराउने,
  • जनसहभागिताको नीति सम्बन्धी तयार गर्ने,
  • नगर विकास कोष सम्बन्धी कार्य गर्ने,
  • गाउँ नगर साझेदारी विकास कार्यक्रम, शहरी विकास रणनीति तयार गर्ने,
  • नगरपालिका योजना र नगर योजनासँग सम्बन्धित काममा स्वदेशी तथा विदेशी संघसंस्था तथा दातृ राष्ट्रसित सम्पर्क र समन्वय सम्बन्धी कार्य गर्ने,
  • शहरी विकास योजनाको समीक्षा, मार्गदर्शन र बजेट सिलिङ्ग संबन्धमा समन्वय सम्बन्धी,
  • Child Friendly Cities सम्बन्धी कार्यहरु,
  • नगरपालिका विस्तार र घोषणा सम्बन्धी कार्यहरु,
  • नगर यातायात गुरुयोजना सम्बन्धी कार्यहरु,
  • स्थानीय आर्थिक विकास सम्बन्धी कार्यहरु र
  • नगरपालिकाहरु बीच भगिनी सम्बन्ध विस्तार सम्बन्धी कार्यहरु ।